Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २८ गते, बिहान ११:५३ बजे
अर्थ/विकास

प्रमाणपत्र धितोमा राखेर ऋण दिने ब्यबस्था एनएमबी बैंकबाट सुरुवात

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीहरुलाई शैक्षिकक प्रमाणपत्र धितो राखेर थप अध्ययनका लागि शैक्षिक कर्जा दिने भएको छ । बैंकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिने भएको हो ।

शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धमा एनएमबी बैंक र हिमालय कलेजबीच शुक्रबार सम्झौता भएको हो । यो सम्झौतासँगै हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने भएका छन् ।

बैंकका अनुसार शैक्षिक कर्जाको अवधि ४ वर्षको हुने र अध्ययनमा उत्कृष्टता, लगनशीलता र विश्वसनीयताका आधारमा बैंकले अर्को चार वर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्नेछ । यसरी शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीहरुले आर्थीक अवस्था हेरी बैंकलाई बार्षिक ५ देखि ८ प्रतिशत ब्याज तिरे पुग्छ ।

सरकारले चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको हो ।