पढ्न करिब 2 मिनेट लाग्छ

साउन ३१, काठमाडौं । नेपालमा रेल्वे ट्र्याक बिस्तार गर्न सरकारले ३ तीन बर्षे योजना सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको योजनामा ७० किलोमिटर लामो रेल ट्रयाक खोल्ने योजना छ ।

रेल्वे विभागका अनुसार यो आर्थिक वर्षमा ५ किलोमिटर, आव ०७४/०७५ मा २५ किलोमिटर र अर्को आव ०७५/७६ मा ४० किलोमिटर रेल्वे ट्र्याक खोल्ने लक्ष्य छ । विभागले महोत्तरीको बर्दिबासदेखि झापाको काँकडभिट्टासम्म २ सय ५५ किलोमिटर खण्डका लागि डीपीआर तयार गरिसकेको छ ।

त्यस्तै, बर्दिबासदेखि बाराको सिमरासम्म १ सय ८ किलोमिटरमध्ये ३० किलोमिटरमा ठेक्का लगाई ट्र्याक खोल्ने काम भइरहेको छ । सिमरादेखि बुटवलसम्म १ सय ५२ किलोमिटर लामो रेलका लागि चितवन राष्ट्रिय निकुञ्जका कारण समस्या भएको छ । यसको डीपीआर भने तयार भइसकेको छ ।

बर्दिबास–सिमरा रेलमार्गअन्तर्गत ३० किलोमिटरको कामलाई निरन्तरता दिँदै बर्दिबास–काँकडभिट्टा २ सय ९२ किलोमिटर तथा बुटवल–गड्डाचौकी ४ सय ०६ किलोमिटर खण्डको डीपीआर तयार गर्ने र निजगढ–हेटौंडा–भरतपुर खण्डको सम्भाव्यता अध्ययन तयारीका लागि चालू आवमा १ सय ३५ हेक्टर थप जग्गा अधिग्रहण गर्ने सरकारी योजना छ । रेलको काम अघि बढाउन ८ सय ७० हेक्टर जग्गा अधिग्रहण गर्ने र १२ सय २६ किलोमिटर लामो रेल मार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विभागले जनाएको छ ।

परियोजनाअन्तर्गत रुपन्देहीको बुटवलदेखि कञ्चनपुरको गडडचौकीसम्मको डीपीआर बनाउने काम भइरहेको छ । चालू आर्थिक वर्षमा डीपीआर तयारीका लागि बजेट विनियोजन भएपछि रेल्वे विभागले परामर्शदाता नियुक्तिको तयारी थालेको छ । ४ सय २० किलोमिटर यो खण्डमा विद्युतीय रेल सञ्चालनका लागि विभागले १७ वटा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरेको छ ।