Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन ३१ गते, बिहान ११:४४ बजे
अर्थ/विकास

एक महिना भित्रै भूकम्प पिडितलाई पहिलो किस्ता, शनिबार पनि काम गर्ने

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, काठमाडौँ | प्रधानमन्त्री बनेको भोलिपल्ट नै प्रचण्डले ४५ दिनभित्र भूकम्प पिडितलाई पहिलो किस्ता दिने घोषणा गरे जुन कुरालाई धेरैले असम्भव भने तर त्यसको कार्यान्वयन गर्न पुनर्निर्माण प्राधिकरणले आज १ महिने बिशेष अभियान घोषणा गरेको छ ।

सबै भूकम्प पिडितलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक महिने विशेष अभियान आज सिंहदरबारमा पत्रकार सम्मेलन गरि घोषणा गरेको हो  ।

सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेसँगै प्राधिकरणले उक्त कार्ययोजनालाई पूरा आजदेखि एक महिनासम्म विशेष अभियान सुरु भएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलका अनुसार एक महिने अभियान अन्तर्गत मूख्यत: सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंक खातामा पुर्‍याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनवाई गरिने कार्यक्रम छ ।

एक महिने अभियानलाई प्रभावकारी बनाउन सनिबार पनि काम गरिने योजना छ । प्राधिकरणको ११ वटै जिल्लामा आवश्यकता अनुसार थप जनशक्ति खटाएर अनुगमन र वितरणको काम गर्नेछ । प्राधिकरणले कार्यकारी समितिका सदस्यहरु, तथा सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवं अन्य कार्मचारीहरु सहितका घुम्ति टोली बनाएर जिल्ला जिल्लामा पठाउनेछ ।

त्यस्तै कामको समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतकै नेतृत्वमा सरोकारवाला मन्त्रालयका सचिव र केन्दीय आयोजना कार्यान्वयन इकाईको प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत बनाइएको छ । यो कामका लागि सरकार र प्राधिकरण संगसंगै अगाडी बढेको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म करिब ५० हजार परिवारको खातामा भूकप पीडितलाई अनुदात वितरण भइसकेको जनाएको छ ।