गुल्मीमा एक महिलाको हात-खुट्टा बाँधिएको अवस्थामा शव फेला

Posted on: 29 Jan, 2023

माघ १५, काठमाडौं । गुल्मीमा एक जना महिलाको शव फेला परेको छ। 

आइतबार बिहान मुसिकोट नगरपालिका-७ स्थित एक घरभित्र महिलाको शव फेला परेको हो। 


अन्दाजी ५७ वर्षीया गंगादेवी शेरचन मृत अवस्थामा फेला परेकी हुन्। 

उनको हात-खुट्टा बाँधिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन राना भाटले जानकारी दिए। घटना शंकास्पद रहेको भन्दै एसपीसहितको टोली घटनास्थलतर्फ लागेका छन्। 

‘शव फेला परेको भन्ने खबरपाएपछि हामी अनुसन्धानको टोलीसहित जाँदैछौं,’ उनले भने, ‘घरमा महिला एक्लै बस्ने भन्ने खबर प्राप्त भएको छ। त्यहाँ पुगेपछि थप खुल्छ।’

अहिले नजिकैको प्रहरी चौकीको टोलीले घटनास्थललाई सुरक्षित राखिएको उनले बताए। ती महिलाले सोही घरमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!