कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

Posted on: 11 Jan, 2024

पुस २६, कैलाली | कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

भे१३प १०७४ नम्बरको मोटरसाइकल अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा कैलालीको मोहन्याल गाउँपालिका सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ ७ बजेतिर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा रहेको प्रहरीले जनाएको छ ।

उनीहरू सवार मोटरसाइकल सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो । नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

ढकाल दम्पतीका एक छोरा र एक छोरी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!