थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

Posted on: 14 Apr, 2024

वैशाख २, कञ्चनपुर । कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवी जोशीको थ्रेसरमा च्यापिएर ज्यान गएको हो । 

गहुँ थ्रेसिङको क्रममा च्यापिएपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!