Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ २६ गते, दिउँसो १२:४७ बजे
मुख्य समाचार

दाङमा बस दुर्घटना : २५ भन्दा बढी घाइते, केहीको अवस्था गम्भीर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । दाङ जिल्लामा भएको बस दुर्घटनामा २५ जना भन्दा बढी यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरियामा ना १ ख ४००९ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ।

घाइतेहरूलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

दंगीशरण गाउँपालिकाको गोलटाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको बस बखरिया ओरालोमा अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खस्दा दुर्घटना भएको हो।

घटनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको नेतृत्वमा प्रहरी टोली घाइतेहरूको उद्धारमा खटिएको छ।

दुर्घटनासम्बन्धी थप विवरणहरू संकलन गर्ने कार्य जारी रहेको प्रहरी प्रशासनले जनाएको छ।