Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ असार ०८ गते, अपराह्न ३:४० बजे
मुख्य समाचार

संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ । संघीय संसद् भवन, नयाँबानेश्वर परिसरमा रहेको क्यान्टिनको छतबाट एक कामदार खस्दा घाइते भएका छन्।

मर्मतका क्रममा कामदार क्यान्टिनको छतमा कार्य गरी रहँदा अचानक फल्स सिलिङ भाँचिएर तल खसेका थिए। घटनापछि उनलाई तुरुन्तै उपचारका लागि सिभिल अस्पताल लगिएको छ।

घाइते कामदारको कुहिनो र गोडामा चोट लागेको बताइएको छ। उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जनाइएको छ।