Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ बैसाख २२ गते, बिहान ११:५५ बजे
मुख्य समाचार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सर्लाहीमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा नं २ धरहरा टोलका ७५ वर्षीय हरिबहादुर अधिकारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । उनको एलएस न्यूरो अस्पताल बारामा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्लाको बागमती नगरपालिका-२ धरहरा चौकस्थित नयाँ रोड-बरहथवा सडक खण्डमा भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्रा गर्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका-२ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरि वनले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।