Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ बैसाख २४ गते, बिहान ११:४५ बजे
मुख्य समाचार

लागूऔषधसहित दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन् ।