Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ बैसाख २९ गते, बिहान ११:४० बजे
मुख्य समाचार

१ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीबाट प्रहरीले चाँदी सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर काभ्रेको बनेपा बस्दै आएका ३२ वर्षीय राजु स्वेत छन् ।

सोमबार अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।

नालाबाट च्याम्हासिंह तर्फ आउँदै गरेका स्वेत प्रदेश–३–०२–०२१ प ४३६४ नम्बरको मोटरसाइकलमा सवार थिए । आरोपीले बरामद चाँदीको कुनै कागजात देखाउन सकेका छैनन् ।