Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८३ जेठ ०२ गते, अपराह्न ३:०३ बजे
मुख्य समाचार

सुन्धारा कारागारबाट महिला कैदी फरार

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्। महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर भागेकी प्रहरीले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रवीण धितालका अनुसार तामाङ शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भोगिरहेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै फरार भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।