पल शाहको मुद्दाको पेशी स्थगित

Posted on: 24 Aug, 2022

भदौ ८, काठमाडौं | बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ ।


नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो । 

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारीले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!