Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १३ गते, राति १२:४९ बजे
काठमाडौँ - KTM

जेलबाट छुटदै चरा बेच्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १३, काठमाडाैं | छोटु भनिने मोहम्मद उस्मान वन्यजन्तु र चराको अवैध व्यापारमा संलग्न भएर धेरैपटक जेल परे ।

जेलबाट निस्किएकै दिनदेखि वन्यजन्तु र चराको तस्करी र बेचबिखनमा संलग्न हुन भने छाडेनन् । तिनै ३५ वर्षीय छोटु र फैजल मोहम्मद नाम गरेका कतारी नागरिक शुक्रबार हुचिलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका छन् ।

फैजलको लगेज (सुटकेश) परीक्षणका क्रममा ६ वटा हुचिल भेटिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला वन कार्यालय, काठमाडौंमा बुझाइएका उनीहरूलाई आइतबार बयान लिएर पुर्पक्षका लागि जेल चलान गरिएको छ । वन कार्यालयका अनुसार छोटुले फैजललाई ६ वटा हुचिल बिक्री गरेका थिए । हुचिल पुर्‍याउन विमानस्थल गएका बेला फैजलसहित छोटु पनि पक्राउ परेका थिए ।

‘छोटुले चरा आफ्नो भएको बताउँदै साथीलाई पुर्‍याउन एयरपोर्ट गएको स्वीकारेका छन्,’ वन कार्यालयबाट अनुसन्धान अधिकृत तोकिएका अरुण गुप्ताले भने, ‘कतारी नागरिकले चाहिँ मेरो लगेज नै होइन भनेर दाबी गरेका छन् ।’