मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्"/>
2026-06-20 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाको स्पष्ट धारणा नआएसम्म संशोधन प्रस्ताव दर्ता नहुने

मंसिर १३, काठमाडाैं | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा आउने परिस्थिति नबने संविधान संशोधनको औचित्य नहुने निष्कर्ष निकालेका छन् । 

मोर्चाका नेताहरूले संशोधन विधेयक दर्तापछि समेत आफ्ना माग पूरा नहुने प्रतिक्रिया दिएपछि सत्तारूढ प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्र मोर्चासँग थप आश्वस्त हुन खोजेका छन् । मोर्चाको स्पष्ट धारणा आएपछि मात्र संविधान संशोधन विधेयक अघि बढाउने उनीहरूबीच समझदारी भएको छ । दुई नेताको समझदारीपछि आइतबार मन्त्रिपरिषदको बैठकले संविधान संशोधन विधेयक अघि बढाउनेबारे कुनै निर्णय गरेन ।

कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् बैठकबाट संशोधन प्रस्ताव पारित गरी संसद्मा दर्ता गर्ने तयारी गरेका थिए । तर मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री दाहाल तथा कांग्रेस सभापति देउवाबीच सत्तारूढ पार्टी र मधेसी मोर्चाको स्पष्ट धारणा नबनाई संविधान संशोधन प्रस्ताव अघि बढाउँदा प्रत्युत्पादक हुने निष्कर्ष निस्किएपछि दर्ता गर्ने प्रक्रिया स्थगित भएको हो । अधिकतम सहमति जुट्ने अवस्था सिर्जना गरेर मात्र संशोधन प्रस्ताव दर्ता गर्ने उनीहरूबीच समझदारी छ । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ