Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर १३ गते, राति १:१० बजे
काठमाडौँ - KTM

वीपी राजमार्ग उच्च जोखिममा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर १३, काठमाडौं । वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ । यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्थको जग खोतल्ने काम बढ्दै गएको छ ।

अत्याधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् । कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला  विकास समितिले पनि सुनकोसी उत्खान गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएको छ ।

ठूला ठेकेदारले कर्मचारी समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ ।  – नागरिक