माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्ब"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलाइ लामा आउने भएपछि नेपाली महिला सांसदको भ्रमण रद्द

२०७३, २२ माघ शनिबार ०१:४५

माघ २२, काठमाडौ । भारतको कर्नाटक विधानसभाले आयोजना गरेको महिला सांसद सम्मेलनमा सहभागी हुन अन्तिम तयारी गरिरहेका १५ नेपाली महिला सांसदको टोलीलाई उक्त अवसरमा तिब्बती शरणार्थी नेता दलाइ लामा पनि उपस्थित हुने जानकारी पाएपछि सभामुख ओनसरी घर्तीमगरले भ्रमण रोक्न निर्देशन गरेकी छन् ।  

कर्नाटक प्रान्तीय विधानसभाले सभामुख घर्तीमगरसहित सांसदहरूलाई उक्त कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो ।

सभामुख घर्तीमगरले आफू उपस्थित हुन नसक्ने भन्दै विभिन्न दलका १५ जना सांसदलाई उक्त कार्यक्रममा पठाउने तयारी गरेकी थिइन् ।

तर भारतस्थित नेपाली राजदूत र आयोजकसँग बुझ्दा उक्त कार्यक्रममा दलाइ लामा र उनका प्रतिनिधि उपस्थित हुने जानकारी पाएपछि सभामुख घर्तीमगरले सांसदहरूलाई पनि नपठाउने निर्णय गरेको संसद् सचिवालय स्रोतले बतायो ।

कर्नाटक विधानसभाद्वारा आमन्त्रण गरिएको उक्त कार्यक्रममा सांसदहरूको सहभागिताका लागि कांग्रेसका स्वर्गीय नेता सुशील कोइरालाका नाममा स्थापित ‘सुशील कोइराला फाउन्डेसन’ का सचिव अतुल कोइरालाले संसद् सचिवालय र सभामुख घर्तीमगरको निजी सचिवालयसँग संयोजन गरेका थिए । 

तर सम्मेलनमा दलाइ लामा उपस्थित हुनेबारे कोइरालाले केही पनि उल्लेख नगरेपछि सभामुख घर्तीमगरले कांग्रेस, एमाले, माओवादी केन्द्र र अन्य दलका प्रमुख सचेतकसँग छलफल गरी त्यहाँ पठाउने १५ जना सांसदको नाम तय गर्न लगाएकी थिइन् ।

जसअनुसार कांग्रेस र एमालेका तर्फबाट ४÷४ जना, माओवादी केन्द्रका ३ जना, राप्रपाबाट एकजना र अन्य साना दललाई पनि समेटेर १५ जना सांसदको नाम तय गरिएको थियो । सम्मेलनमा दलाइ लामा उपस्थित हुने जानकारी पाएपछि सम्मेलनमा पठाउन लागिएका कांग्रेसकी उषा गुरुङ, एमालेकी सुशीला नेपाल, माओवादी केन्द्रकी रूपा महर्जन, राप्रपाकी कान्ता भट्टराई, संघीय समाजवादी फोरमकी छायाँ पन्तलगायत सांसदलाई भ्रमण स्थगित भएको जानकारी संसद् सचिवालयले गराएको स्रोतले बतायो । फेब्रुअरी ८ तारिखदेखि उक्त सम्मेलन सुरु हुँदैछ ।

नेपाल एक चीन नीतिका पक्षमा रहेकाले दलाइ लामा उपस्थित हुने कार्यक्रममा सहभागिता जनाउँदा छिमेकी मुलुक चीनले आपत्ति जनाउन सक्ने भन्दै सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरिएको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् । ‘सम्मेलनमा सांसदहरू जाने तयारी भैसकेको थियो । तर विभिन्न स्रोतबाट बुझ्दा त्यो सम्मेलनबारे विवाद उत्पन्न हुनसक्ने सम्भावना रहेकाले सांसदहरूलाई भ्रमणमा नपठाउने निर्णय गरिएको हो’, सभामुख घर्तीमगरका प्रेस सल्लाहकार बबिन शर्माले अन्नपूर्णसँग भने । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा