माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा जताततै जाम, उपत्यका नै ठप्प हुने खतरा

२०७३, २२ माघ शनिबार ०२:०४


माघ २२, काठमाडौं । उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ। काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक कम्तीमा ५७ हजार सवारी गुड्छन् ।  

धेरै ट्राफिक जाम हुने क्षेत्र

कोटेश्वर :  काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ। सडक विभागको तथ्यांकअनुसार कोटेश्वर हुँदै मनोहरा पुलबाट मात्रै प्रत्येक दिन ५६ हजार ९८ सवारीसाधन आउजाउ गर्छन्। कोटेश्वर नाकामा मुलुककै दुई ठूला अरनिको र बिपी राजमार्ग जोडिएका छन् । अरनिको राजमार्गले विशेषगरी भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापलाई जोड्छ । बिपी राजमार्गले सिन्धुलीदेखि पूर्वी नेपालका जिल्ला जोड्छ ।

चाबहिल :  कोटेश्वरपछि धेरै जाम चाबहिलको पूर्वी सडकमा हुने गर्छ। यो सडकमा प्रतिदिन ४२ हजार दुई सय ५६ सवारी गुड्छन् । जोरपाटी, गोकर्ण, थलीलगायतका क्षेत्रमा बाक्लो बस्ती भएकाले यस सडकमा सवारीसाधनको चाप बढेको हो ।

सिनामंगल : यो क्षेत्रमा दैनिक ३८ हजार दुई सय ६१ सवारीसाधन गुड्ने गर्छन्। अन्तर्राष्ट्रिय विमानस्थल जोडिएकाले यस सडकमा अत्यधिक सवारीसाधन गुड्ने र ट्राफिक जाम हुने गरेको छ।

नारायणगोपाल चोक : चक्रपथको नारायणगोपाल चोकमा पनि धेरै जाम हुन्छ। विभागको तथ्यांकअनुसार यस चोकमा दैनिक ३४ हजार चार सय ७० सवारी साधन गुड्ने गर्छन्। बुढानिलकण्ठ, बाँसबारी, गोल्फुटार लगायतका क्षेत्रमा बस्ति बाक्लो भएकाले यस चोक भएर अत्याधिक सवारी साधन गुड्ने गर्छन् । जसले ट्राफिक जाम बढाएको छ ।

हनुमन्ते सडक : त्यसपछिको धेरै जाम हुने सडक भक्तपुस्थित हनुमन्ते सडक खण्ड हो । विभागको तथ्यांक अनुसार हनुमन्ते पुल भएर दैनिक ३३ हजार सात सय ४३ सवारी साधन गुड्ने गर्छन्। बालकोट आसपासका क्षेत्रमा घना बस्ति भएकाले यस सडकमा अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बल्खु : काठमाडौंस्थित बल्खु सडकमा त्यसपछि धेरै ट्राफिक जाम हुने गर्छ । यस सडक खण्डमा दैनिक ३३ हजार पाँच सय १२ सवारी साधन गुड्ने गर्छन् । हेटौंडा सडक खण्ड र कीर्तिपुर यही सडक भएर जाने भएकाले यहाँ अत्याधिक ट्राफिक जाम हुने गरेको हो ।

बनस्थली : चक्रपथ सडक खण्डको बनस्थलीमा पनि अत्याधिक ट्राफिक जाम हुने गर्छ। यस सडक खण्डमा दैनिक ३३ हजार चार सय ६६ सवारी साधन गुड्ने गर्छ। चक्रपथ सडक खण्डको मनोहरा सडकमा पनि अत्याधिक ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक ३२ हजार सात सय ८८ सवारी साधन गुड्ने गर्छन् ।

सातदोबाटो :  चक्रपथ सडक खण्डै सातदोवाटो जक्सनमा पनि धेरै ट्राफिक जाह हुन्छ । यस सडकमा दैनिक २८ हजार ८ सय ७९ सवारी साधन गुड्ने गर्छन् ।

बालाजु : बालाजू वाइपास सडकमा पनि धेरै ट्राफिक जाम हुन्छ । यस सडकमा दैनिक २१ हजार चार सय २४ सवारी साधन गुड्ने गर्छन् । त्यस बाहेक सातदोवाटो दक्षिण चपागाउँ तर्फ जाने सडकमा पनि ट्राफिक जाम हुने गर्छन् । यस सडकमा दैनिक १६ सय ८३ सवारी साधन गुड्ने गर्छन्।

नागढुंगामा : मुलुकको मुख्य नाका नागढुंगामा पनि ट्राफिक जाम हुने गर्छ। यस सडकमा दैनिक २२ हजार ९६ सावरी साधन गुड्ने गर्छन्।

यहँf पनि हुन्छन् ट्राफिक जाम 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभागले तोके भन्दा बाहेकका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुन्छन् । महाशाखाका अनुसार सवैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्र कलंकी चोक हो। त्यसपछि सवैभन्दा धेरै ट्राफिक जाम हुने जक्सन थापाथली चोक हो । ट्राफिक जाम हुने त्यसपछिको क्षेत्र सोह्र खुट्टे, नयाँ बानेश्र चोक, रत्नपार्क आसपासका क्षेत्र, त्रिपुरेश्वर चोक हुन्।

महाशाखाका अनुसार यस क्षेत्रमा बिशेष गरी पिक आवरमा अत्याधिक ट्राफिक जाम हुने गर्छ। उपत्यकामा पिक आवर बिशेष गरि बिहानको नौ देखि ११ बजेको समय र साँझको ४ देखि ६ बजेसम्मको समय हो । महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले पिक आवरमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका बताए। उनले भने,‘उपत्यका भित्र बिशेष गरी कलंकी,थापाथली, त्रिपुरेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, सोह्र खुट्टे लगायतका क्षेत्रमा ट्राफिक जाम हुने गरेका छन् । पिक अवारमा यस क्षेत्रमा अत्याधिक ट्राफिक जाम हुने गरेका छन्। यस क्षेत्रमा दैनिक दुई घण्टा सम्म पनि ट्राफिक जाम हुन्छन् ।’-नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला