Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ माघ २७ गते, बिहान ८:४१ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

श्रीमतीलाई धम्क्याउँदा २ महिना जेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, लन्डन | आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको खबर छ ।

हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।

गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रहरीलाई आफ्नो बुबाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएको जानकारी गराएका थिए ।

जुरीले सुरुमा १६ साताको जेल सजाय सुनाएकोमा कहरसिंहले पश्चात्ताप गरेपछि त्यसलाई घटाएर ८ सातामा झारेको थियो । उत्त, सजाय एक बर्षपछि मात्रै कार्यान्वयन हुनेछ । – कान्तिपुर