२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होला त स्ववियु चुनाव ? कलेजहरूमा जताततै ‘विप्लव ताला’

२०७३, २ फाल्गुन सोमबार ०२:२३

फागुन २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय आबद्ध क्याम्पसहरूमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदाताको सूची प्रकाशित गर्ने तयारी गरिरहेको बेला विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीले राजधानीका ठूला क्याम्पसहरूमा तालाबन्दी गरेका छन् ।

पूर्ण समानुपातिक निर्वाचनको माग गर्दै स्ववियु निर्वाचन गर्न नदिने भनेर विरोधमा उत्रिएको क्रान्तिकारीले हिजो आइतबार मतदाता र संगठन दर्ता गर्ने प्रक्रिया शुरू हुनासाथ तालाबन्दी गरेको  छ ।

सो विद्यार्थी संगठनले आरआर, नेपाल ल, सरस्वती, विश्वभाषा, पाटन संयुक्त क्याम्पसलगायतका राजधानी तथा देशभरका करिब दुई दर्जन क्याम्पसमा तालाबन्दी गरेको थियो ।

विद्यार्थी संगठनले क्याम्पस प्रमुख, प्रशासन, लेखालगायतका कार्यालयमा तालाबन्दी गरेको थियो। उमेर हद २८ वर्ष गर्न नहुने माग गर्दै नेवि संघ भित्र आन्तरिक कलहमा लागेका काठमाडौं जिल्लाका अध्यक्ष मनोज वैद्यले राजधानीका विभिन्न क्याम्पसमा लगाएको ताला नखोलेपछि विप्लव निकट विद्यार्थीले सोही स्थानमा तालाबन्दी गरेको हो ।

नेवि संघले गरेको तालाबन्दी नखोलेपछि नै समस्या बढेको हो, निर्वाचन गर्ने सहमतिमा आए पनि नेवि संघको एक पक्षले तालाबन्दी गरेपछि समस्या झन् बल्झेको माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको ठम्याइ छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले नेवि संघकै कारण केही क्याम्पसमा अप्ठ्यारो परेको बताउनुभयो ।

‘तैपनि हामी एउटा क्याम्पसमै भए पनि निर्वाचन गरेरै छाड्नेछौं’ –उहाँको भनाइ थियो। ‘आठ वर्षपछि हुन लागेको स्ववियुको निर्वाचन प्रक्रिया शुरू भएपछि जुनसुकै हालतमा निर्वाचन गराएरै छाड्नेछौं’ –नेविसंघका अध्यक्ष नैनसिंह महरले भन्नुभयो ।

‘हामी हाम्रा असन्तुष्ट विद्यार्थी नेतासँंग कुराकानी गर्दै छौं, केही बेरमै समस्या समाधान गरेर निर्वाचनको प्रकृयामा जानेछौं’– अध्यक्ष महरको भनाइ थियो । त्रिविले कुनै क्याम्पसमा निर्वाचन बिथोलियो भने अन्य क्याम्पसमा सुचारु गर्ने गरी कार्यविधि बनाएको छ।

एउटा क्याम्पसमा निर्वाचन राकिए पुनः सारेर अर्को मितिमा गर्ने गरी व्यवस्था गरिएको छ। त्रिविका उपकुलपति प्राडा. तीर्थ खनियाले प्रकया शुरू भइसकेको अवस्थामा निर्वाचन रोक्ने विषयमा सोच्नै नसक्ने स्पष्ट पार्नुभयो ।

‘हामी चुनावी प्रकृयामा गै सकेका छौं, फिर्ता लिन सकिदैन’ –उहाँले भन्नुभयो। त्रिविले निर्वाचनसम्बन्धी सबै अधिकार स्थानीय क्याम्पसलाई दिएको छ ।

विप्लवनिकट विद्यार्थी संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले कुनै पनि हालतमा निर्वाचन गर्न नदिने चेतावनी दिएका छन्, हामी एउटा मात्रै होइन देशभरका क्याम्पसमा निर्वाचन हुन दिन्नौं’ –उहाँको भनाइ थियो। अनेरास्ववियुका अध्यक्ष नविना लामाले विप्लवनिकट विद्यार्थी संगठनसंग छलफल गरेर भए पनि सहमति गरेरै चुनाव गर्नेछौं, भन्नुभयो ।

‘शुरू भइसकेको निर्वाचन प्रकृया फिर्ता हुँदैन, जसरी भए पनि निर्वाचन गर्न सहयोग गर्नेछौं’ –लामाको भनाइ थियो। पाटनमा भने नेविसंघका असन्तुष्ट पक्षले प्रशासनिक भवनको मुल गेटमा तालाबन्दी गरेको पाटन अनेरास्ववियुका नेता गणेशबाबु खड्काले बताउनुभयो ।

केही क्याम्पसमा तालाबन्दी भएपछि तीन ठूला नेताले हिजो बैठक बसेर निर्वाचनको लागि पुनः पहल गर्ने निर्णय गरेका थिए। प्रकृया शुरू हुनासाथ आचारसंहिता उलंघन भए नभएको विषयमा अनुगमन गर्न पुगेका तीन ठूला विद्यार्थी संगठनका अध्यक्ष र नेताले निर्वाचनमा आचारसंहिता पालना गर्न सबै एकजुट हुनुपर्ने प्रतिबद्धता जनाएका थिए । केही क्याम्पसमा मतदाता नामावली प्रकाशन गर्न नपाउँदै तालाबन्दी गरिएको र त्रिविले हिजोबाट प्रकृया थालेसंगै राजधानीका ललितकला र पशुपति क्याम्पसमा निर्वाचन समितिसमेत बन्न सकेको छैन ।

निर्वाचन प्रकृयाअन्तर्गत आज फागुन ३ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने, सोही दिन अन्तिम मतदाता सूची सार्वजनिक गर्ने, फागुन ४ गते मनोनयनपत्र वितरण गर्ने, फागुन ५ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशित गर्ने, फागुन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र फागुन १४ गते मतदान गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्रिविका ६० आंगिक क्याम्पसका साथै सम्बन्धन लिएका अन्य क्याम्पसहरूमा पनि निर्वाचन हुनेछ ।

२०६५ सालमा ३ सय ५२ वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। हाल त्रिविबाट १ हजार ८४ क्याम्पसले सम्बन्धन लिएका छन्।२०६५ साल चैत ६ गतेदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक २ वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित हुँदै आएको थियो । यसअघि २०६९ र २०७० मा स्ववियु निर्वाचन गर्ने तयारी भए पनि विद्यार्थी संगठनबीच प्रणालीबारे विवाद हुँदा रोकिएको थियो । -नेपाल समाचारपत्र दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ