फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक "/>
2026-06-17 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै कामदार युवतीले बोलाएपछि गेष्ट हाउसमा जाँदा…

फागुन ८, काठमाडौं | आफू कार्यरत पसलकै साहुलाई अपहरण गरी फिरौती लिएर एक युवती फरार भएकी छन्। कामदार युवतीले पसल साहुलाई काठमाडांैको सुन्धारामा बोलाएर नियन्त्रणमा लिई एक होटलमा पु¥याएर फिरौतीसमेत असुल गरेर फरार भएको प्रहरीले जनाएको छ । 

सुन्धाराको सनराइज गेस्ट हाउसमा बन्धक अवस्थामा फेला परेका व्यापारी श्यामसुन्दर अग्रवालबाट ८ लाख फिरौती लिएर ती युवती सहयोगीसहित बेपत्ता भएपछि घटनाबाहिर आएको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अग्रवाललाई गेस्ट हाउसका कर्मचारीले उद्धार गरी प्रहरीलाई खबर गरेपछि कामदारबाटै अपहरणमा परी फिरौतीसमेत बुझाउनुपरेको रहस्य खुलेको हो। अपहरण गरी फिरौती असुल्ने ती युवती सहयोगीसहित फरार भएका थिए। सात महिनाअघि जागिर खोज्दै आएकी ती युवतीले ‘जरुरी काम पर्यो’ भन्दै सुन्धारा बोलाएपछि अग्रवाल न्युरोडबाट सनराइज गेस्ट हाउसमा पुगेका थिए।

महिलासहित उनीहरूले त्यही होटलमै ६ घण्टा बन्धक बनाएर अग्रवालको साथमा रहेको ७२ हजार नगद र चेकमार्फत ८ लाख फिरौती लिएर होटलमै छाडेर भागेका रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) प्रकाशजंग कार्कीले भने । 

एसपी कार्कीका अनुसार फिरौती लिनेमध्ये दुईजना पक्राउ परे पनि युवतीसहित अन्य दुईजना अझै फरार छन्। ‘अपहरणमा युवतीको भूमिका देखिन्छ, अवस्था के हो ? उनलाई पक्राउ गरी अनुसन्धान गरेपछि मात्रै थाहा हुनेछ,’ एसपी कार्कीले भने। प्रहरीका अनुसार अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा थुनेर राखिएको थियो। गेस्ट हाउसका कर्मचारीले ढोका खोल्दा अग्रवालको मुखमा पट्टी बाँधिएको थियो भने होटलको ढोका बाहिरबाट बन्द गरिएको थियो। अग्रवालले ढोका ढक्ढकाएपछि बल्ल होटेल कर्मचारीले ढोका खोलेका थिए । 

कर्मचारीले प्रहरीलाई दिएको जानकारी अनुसार मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा उनी भेटिएका थिए। प्रहरीका अनुसार युवतीले गेस्ट हाउसको कोठामा लगेपछि होटलमै रहेका उनका तीन पुरुष साथीले अग्रवाललाई नियन्त्रणमा लिएर पैसाको बार्गेनिङ सुरु गरेका थिए। त्यसपछि अग्रवालले तत्काल आफ्नो साथमा रहेको ७२ हजार नगद र ८ लाख रुपैयाँको चेक थमाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। काठमाडौंमा लामो समयपछि यस्तो अपहरण भएको हो।

अग्रवालको पसलमा काम गर्ने ती महिलाको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ