Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०९ गते, बिहान ८:५४ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

आगो झोसेर पत्नीको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/411677ec4d5f42edb1c2c97ee729199d1487560103.jpeg" style="float: left;">फागुन ९, काठमाडौँ | पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या गरेको प्रहरीले जनाएको छ ।<br></p><p>जलेर घाइते अवस्थाकी नदेरुको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आइतबार मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको आर्थिक अवस्था कमजोर थियो । दुवैले दिनदिनै मादक पदार्थ सेवन गरेर सामान्य विषयमा पनि झगडा गर्ने गरेको स्थानीयले बताएका छन् ।</p><p>उनीहरुका ३ छोरी र एक छोरा छन् । ‘मदरबाबा मेला’ हेर्न गएका छोराछोरी शनिबार राती मामाघरमा बसेका थिए । – नागरिक&nbsp;</p>