Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण ०९ गते, बिहान ९:०४ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ९, काठमाडौँ | गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो ।

बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्विकार गरे । आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।

बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् । बलात्कारको आरोप लगाएपनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो । अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्यो ।

सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो । – नागरिक