२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फास्ट ट्रयाक निर्माणः भारतीय कम्पनीकै डीपीआर उपयुक्त

२०७३, १० फाल्गुन मंगलवार ०२:१९

फागुन १०, काठमाडौं | सरकार आफैंले निर्माण गर्ने निर्णय गरेको काठमाडौं‍-तराई द्रुतमार्ग (फास्ट ट्र्याक)का निम्ति भारतीय कम्पनीकै विस्तृत परियोजना अध्यययन प्रतिवदन (डीपीआर) उपयुक्त हुने देखिएको छ । दू्रतमार्ग अध्ययन समितिले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आईएल एन्ड एफएस) ले २०७१ फागुनमा सरकारसँग सम्झौता गरेर तयार पारेको डीपीआर अवलम्बन गर्न सरकारलाई सुझाव दिएको छ ।

सरकारले गत पुस ७ गते फास्ट ट्र्याक निर्माण अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेको थियो । समितिले भारतीय कम्पनीको डीपीआर लिन, नेपाल सरकार आफैंले वार्षिक बजेट विनियोजन गरेर निर्माण गर्न र कम्पनी वा विकास समिति मोडलमा निर्माण गर्ने गरी तीनवटा सुझाव दिएको समितिका संयोजक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार द्रुतमार्ग छिटोभन्दा छिटो अगाडि बढाउन भारतीय कम्पनीकै डीपीआरलाई अगाडि बढाउँदा समय र पैसा दुवैको बचत हुन्छ । उनका अनुसार नयाँ डीपीआर बनाउँदा थप जग्गा अधिग्रहण गर्न र नयाँ डीपीआर बनाउन सम्भव नहुने भएकाले पनि त्यसैलाई नेपाल सरकाले लिनुपर्ने सुझाव दिएको छ ।

समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो सुझाव प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्रीले पनि तत्काल कार्यान्वयन अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार आफैंले बनाउने निर्णय गरिसकेकाले वार्षिक बजेटबाटै आवश्यक रकम विनियोजन गर्दै खर्च गर्ने सकिने हुँदा स्रोतको अभाव नहुने सुझावमा उल्लेख छ । हाल सरकारले वार्षिक १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो मार्ग पाँच वर्षभित्रमा निर्माण गरिसक्ने गरी काम गर्न पनि कम्तीमा वार्षिक २०÷३० अर्ब रुपैयाँ वार्षिक बजेट विनियोजन हुनुपर्ने उल्लेख छ ।

यो द्रुतमार्ग निर्माण गर्न अन्य आयोजनाजस्तो सहज नहुने भएकाले पनि विशेष किसिमको सयन्त्र गठन गर्नुपर्ने सुझावमा उल्लेख छ । यस्तो संयन्त्रका लागि सरकारले कम्पनी वा विकास समिति मोडल बनाउनु उपयुक्त हुने सुझावमा उल्लेख छ । कम्पनी मोडललमा जाँदा निर्माणसँगै पछि सञ्चालनको काम सोही समितिबाट गर्न सकिने सुझाव समितिको प्रतिवेदनले औंल्याएको छ ।

प्रधानमन्त्री दाहालले भने नेपाल आफैंले द्रुतमार्ग बनाउने निर्णय गरिसकेकाले कसले बनाउने भन्ने दुविधा अन्त्य भैसकेको बताए । उनले यो दु्रतमार्ग नेपाल आफैंले बनाउन सक्ने भनेर निर्णय भैसकेकाले अब यसका मोडालिटी र स्रोत व्यवस्थापनका विषयमा समितिले दिएको सुझावअनुसार जान सकिने भन्दै विभागीय मन्त्री रमेश लेखकलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

डीपीआरको मूल्य ६० करोड ८० लाख

भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार पारेको डीपीआरको लागत ३८ करोड भारु (६० करोड ८० लाख रुपौयाँ) रहेको छ । भारत आफैंले बनाउन चाहेको यो परियोजनाको लागत भने सरकारले निर्धारण गर्नुपर्ने सुझाव समितिको प्रतिवेदनमा उल्लेख छ । तर, भारतीय कम्पनीसँगको सम्झौता नेपाल सरकारले तोडिसकेको आपसी सहमतिबाट केही कम रकममा पनि नेपाल सरकारले यसलाई लिन सक्ने सुझावमा उल्लेख छ ।

श्रेष्ठका अनुसार नेपाल आफैंले नयाँ डीपीआर बनाउँदा सोही नै लागतमा बन्न नसक्ने, समय पनि बढी खर्चनुपर्ने, निर्माणलगायत र समय दुवै बढ्न जाने भएकाले पनि भातरीयसँगै डीपीआर खरिद गर्नुपर्ने सुझाव दिइएको हो । – अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा