पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १३, काठमाडौं | १८ दिनको अवरोधपछि सोमबार सुचारु भएको संसद् बैठकमा संविधान संशोधन विधेयक प्रक्रियामा लैजाने–नलैजाने विषयमा गम्भीर छलफल भइरहेको थियो ।

सत्तापक्ष र विपक्षका सांसद चर्काचर्की बहसमा थिए । तर, त्यो बहसप्रति ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालकसमेत रहेकी सांसद गीता राणालाई कुनै चासो थिएन ।

एक घन्टा बैठक बसुन्जेल उनले एकपटक पनि टाउको उठाएर रोस्ट्रमतिर हेरिनन् । संविधानमाथिको संशोधन के हुन्छ भनेर उनले चासै दिइनन् । आफ्नो स्कुलको आगामी शैक्षिक सत्रको कार्यक्रम भने संसद् बैठकमै टुंगो लगाएर हिँडिन् । – नयाँ पत्रिका