Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १३ गते, बिहान ११:५५ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

युएईमा राजदुत बनेकी लामाको कम्पनीविरुद्ध २३ मुद्दा, प्रतिव्यक्ति ७ लाखसम्म ठगेको भेटियो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, काठमाडौं | संयुक्त अरब इमिरट्स (यूएई) को लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी परे भेटिएको छ । सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन् ।

म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरको पीडितको भनाइ छ । लामाको म्यानपावर कम्पनी जब ट्र्याक रिक्रुटिङ (लाइसेन्स नम्बर ४५८/६०/६१) बाट यूएई, साउदी अरब र कुवेत पुगेर फर्किएका कामदारले सम्झौता अनुसारको काम, तलब र सेवा सुविधा नदिएको उजुरीमा उल्लेख गरका छन् । उजुरी गर्नेमा महिला कामदारसमेत छन् । लामा जब ट्र्याककी सञ्चालकका साथै प्रबन्ध निर्देशक हुन् । म्यानपावर कम्पनीमा उनको १५ हजार कित्ता सेयर छ ।

पीडितहरूले जबर्जस्ती राहदानी लिएको, ठगी गरको भन्दै म्यानपावर कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति रकम दिलाइदिन विभागसमक्ष उजुरी गरका हुन् । यूएईबाट फर्केर उजुरी हाल्नेमा कल्याण कटुवाल (एक लाख १० हजार), अनिशा लामा, अजय तामाङ (९० हजार), विनोद सुनुवार (९० हजार), रोशनप्रसाद दाहाल (१ लाख ४० हजार), सन्तोष गुरुङ (२० हजार), कृष्णप्रसाद अधिकारी (७ लाख ६ हजार), खुम्बाबहादुर भुजेल (१ लाख ५ हजार), मधुकृष्ण नापित (१ लाख ५

हजार), कामना तामाङ (४ लाख ४० हजार), ताराकुमारी तामाङ (१ लाख १० हजार), तुलसी श्रेष्ठ (१ लाख १० हजार) र बिजु मगर (१ लाख ११ हजार ४ सय रुपैया) छन् ।

साउदीबाट फर्किई मुद्दा हाल्नेमा सविता नेपाली (५५ हजार), रामबहादुर विक (८२ हजार), कृष्णबहादुर थापा (८० हजार), हरिबहादुर थापा (८० हजार), सुवर्ण तामाङ (८० हजार), लालबहादुर निरौला (साउदी अरब), कालिका गौतम, अजयकुमार चौधरी, बिहारी मुखिया (७५ हजार), रामअवतार साह (७५ हजार), रराम सुगारथ (७५ हजार) र प्रविनकुमार चौधरी छन्। कुवेतबाट फर्केर आएका दिनेशबहादुर क्षत्री (एक लाख), अक्कलबहादुर बिष्ट (एक लाख), निमाछिरी शेर्पा (९० हजार) र जगतप्रसाद विश्वकर्मा (एक लाख रुपैया) ले पनि विभागमा उजुरी दिएका छन् । - कान्तिपुर