पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १४, काठमाडौं । अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् ।

कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेको छ ।

घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् ।

कान्सास सीटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलार्इ उद्धृत गर्दै जनाएअनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए । -कान्तिपुर दैनिक