फागुन १४, काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १४, काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छ"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् स्ववियु चुनावका छात्रा उम्मेदवार

२०७३, १४ फाल्गुन शनिबार ०२:५८


फागुन १४, काठमाडौं । यतिबेला विद्यार्थी संगठनहरु स्ववियुका उम्मेदवार छनोटमा व्यस्त छन् । केही विद्यार्थी संगठनले स्ववियु अध्यक्षको उम्मेदवार छनोट गरिसकेका छन् भने भने केहीले छनोट गर्न बाँकी छ ।

उम्मेदवार घोषणा गरिसकेका र गर्ने तयारीमा भएका सानादेखि ठूला संगठनमा पनि अध्यक्षको उम्मेदवारमा छात्राको संख्या न्यून छ ।

दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघले अझै उम्मेदवार छान्न सकेका छैनन् । नामावली तयार भइसकेको तर प्राविधिक कारण सार्वजनिक गर्न ढिलाइ भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । नेविसंघमा भने उम्मेदवार छान्ने क्रममा विवाद भएकाले ढिलाइ भएको स्रोत बताउँछ ।

अनेरास्ववियु

अनेरास्ववियुले राजधानीका केही क्याम्पसमा छात्रा अध्यक्ष बनाउने संभावना देखिएको छ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा संगिता रेग्मीलाई अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।

चावहिलस्थित कैलाशकुट बहुमुखी क्याम्पसमा मञ्जु श्रेष्ठ र नर्सिङ क्याम्पसमा बिमला धमलालाई अध्यक्षको उम्मेदवार बनाउने चर्चा छ । अनेरास्ववियूले राजधानीमा मात्र नभएर बाहिरका क्याम्पसहरुमा पनि महिला उम्मेदवारलाई अघि सारेको छ । पोखरास्थित पृथ्वीनारायण क्याम्पस कास्कीमा सरीता पुरीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पुरी अनेरास्ववियुको गण्डकी अञ्चल ईञ्चार्ज हुन् ।

त्रिभूवन आदर्श क्याम्पस स्याङ्गजामा रिता ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निश्चित भएको छ । ढकाल अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् ।

चितवनस्थित मायादेवी क्याम्पसमा पनि अनेरास्ववियुले सविना बर्तौलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी पनि केन्द्रीय सदस्य हुन् । शारदा हमाल रामपुर बहुमुखी क्याम्पस कञ्चनपुरबाट, जानकी भट्ट कञ्चनपुर बहुमुखी क्याम्पसबाट स्ववियु अध्यक्षका लागि उम्मेदवार बन्ने निश्चित भएको छ ।

नेविसंघ  

नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट पद्मकन्या क्याम्पसमा कौशिला भट्ट, रेखा परियार, अर्पणा खड्का, रिना योञ्जन, सुजता कोइराला लगायतका छात्रा अध्यक्षको आकांक्षी रहेका छन् । उनीहरु मध्ये भट्टको प्रवल संभावना रहेको नेविसंघ स्रोत बताउँछ । भट्ट नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

त्रिचन्द्र क्याम्पसमा नेविसंघको तर्फबाट गीता गुरुङको संभावना प्रवल रहेको छ । गुरुङ पनि ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

एन आर क्याम्पस नेपालटारमा पनि नेविसंघको तर्फबाट अध्यक्षको उम्मेदवार महिला बन्ने सम्भावना छ । उक्त क्याम्पसमा स्वेच्छा उप्रेतीको संभावना रहेको नेविसंघ स्रोत बताउँछ ।  नेपालटारस्थित ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा पनि लक्ष्मी सिलवाल र महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा समीक्षा सुवेदी अध्यक्षको उम्मेदवार बन्ने सम्भावना छ ।

ललितकला क्याम्पसमा गीता चौहान अध्यक्षको उम्मेदवारी हुने पक्कापक्की भएको छ । चौहान नेविसंघको क्याम्पस ईकाई अध्यक्ष हुन् ।

अखिल क्रान्तिकारी (प्रचण्ड)

अखिल क्रान्तिकारी (प्रचण्ड) ले उपत्यकामा जम्मा दुई जना छात्रालाई अध्यक्षको उम्मेदवार बनाएको छ । काठमाडौं शिक्षा क्याम्पसमा गंगा दाहाललाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यसैगरी पद्मकन्या क्याम्पसमा दन्ता नेपाली (दर्शना) लाई अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । त्रिविको आंगिक क्याम्पसमध्ये पोखराको पृथ्वी नारायण क्याम्पसमा पनि छात्रालाई अध्यक्षको उम्मेदवार बनाएको छ । पिएनमा प्रबिणा अधिकारी अध्यक्षको उम्मेदवार हुन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले अरु पदमा धेरै छात्रा रहेको बताए । ‘अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एकमा छात्रा हुन्छन,’ बस्नेतले भने, ‘अध्यक्ष बनाउन खोजेका हौं, तर चुनावी प्रतिस्पर्धामा धेरै कुरा मिलाउनुपर्ने भएकाले कम देखिनु बाध्यता हो ।’ -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा