पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १६, काठमाडौं । युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न आठजनालाई प्रहरीले आइतबार भैरहवामा सार्वजनिक गरेको छ । प्रहरीले मुख्य योजनाकार ठहराएका मनोज पुन र सुटर भनिएका राजु फरार छन् ।

आजको नयाँ पत्रिकामा खबर छ– हत्यामा १२ जनाको संलग्नता रहेको आइतबार भैरहवामा आयेजित पत्रकार सम्मेलनमा रुपन्देहीका प्रहरी उपरीक्ष्क रवीन्द्र धानुकले जानकारी दिए । मुख्य सुटर राजुबारे भने प्रहरीले केही बताएको छैन । मुख्य योजनाकार पुन फरार रहेको धानुकले बताए ।

यसरी भयो हत्या

प्रहरीका अनुसार तिलोत्तमा–१५ का बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल आफ्नो घरमा लुकाएका थिए । घटना हुँदाको दिन आफ्नो भाई राजेश यादवमार्फत सो मोटरसाइकल पठाइदिएका थिए ।

मोटरसाइकल रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ । पक्राउ परेका खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पु¥याएका थिए ।

घटनापश्चात राजु र सागर थापालाई सोही मोटरसाइकलमा रोहणी पुलबाट मणिग्रामसम्म पुर्याएको प्रहरीले जनाएको छ । सागरले राजुलाई मोटरसाइकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरेका थिए ।

मोटरसाइकल चलाउँदै गरेका तिवारीलाई राजुले गोली प्रहार गरेका थिए । त्यसपछि सागरले चलाएकै मोटरसाइकलमा सेमराना हुँदै रोहणी पुल पुगेका थिए । मोटरसाइकल त्यहीँ छाडी खेमानन्द भट्टराईको लु२८प २११९ नम्बरको अर्को पोटरसाइकलमा मणिग्राम पुगी त्यही दिन पाल्पा गएका थिए ।