फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादे"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिक्षु बनेर किन लुम्बिनी पुगे इराकी ?

२०७३, १७ फाल्गुन मंगलवार ०२:१०

फागुन १७, काठमाडौं | बौद्ध भिक्षुको आवरणमा भगवान् गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी खानतलासीपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिर परिसरबाट पक्राउ परेका ती व्यक्तिले आफू इराकी शरणार्थी भएको दावी गरेका थिए । कारोबारमा खबर छ ।

प्रहरीले शरणार्थी परिचयपत्र देखाउन भनेपछि आनाकानी गर्दै उम्किएका उनी अहिले फरार रहेको लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेले जानकारी दिए । प्रहरीसँग उनले आफ्नो नाम पनि भन्न अस्वीकार गरेका थिए ।

४०/४५ वर्ष उमेरका देखिने ती व्यक्तिले प्रहरी र कोषका अधिकारीसँग उर्दु, हिन्दी र सामान्य अंग्रेजी भाषामा संवाद गर्दै आफ्नो परिचयपत्र लिएर आउने भन्दै उम्किएका थिए । सुरुमा ती व्यक्तिले आफू भारतीय भएको बताएको काफ्लेले जानकारी दिए ।

तर, सोधपुछ बढाउँदै जाँदा इराकी शरणार्थी भएको बताएका थिए । रुपन्देहीको वेलहियास्थित अध्यागमन कार्यालयका अनुसार पछिल्लो चार वर्षयता इराकी नागरिक वा इराकी शरणार्थी स्थलमार्गबाट प्रवेश गरेको अभिलेख छैन ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका इराकीको विवरण पनि अध्ययन गरिने जानकारी दियो । लुम्बिनी परिसरमा यसरी भिक्षुको आवरणमा रहेका व्यक्ति पक्राउ परेको पहिलो पटक हो ।

मायादेवी मन्दिर प्रवेश गर्नेमाथी कडाइका साथ सोधपुछ तथा खानतलासी नहुँदा कस्ता व्यक्ति आउँछन् भन्ने पनि यकिन गर्न कठिन हुने गरेको कोषका अधिकारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा