Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण १८ गते, बिहान ७:२२ बजे काठमाडौँ - KTM, पत्रपत्रिकाबाट

आतंकवादको चुनौती: चिनसँगको सैन्य अभ्यास चैतभित्र

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/a7f787f709d44f4725bfbf27d5ab1f401488332200.jpg" style="float: left;"><b>फागुन १८, काठमाडौं । </b>आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनीयाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ ।<br></p><p>सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम रुप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् ।</p><p>विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चीनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास मार्च महिनाभित्र गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ । -अन्नपूर्ण पोष्ट दैनिक&nbsp;</p>