फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थ"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले गोली नचलाउन निर्देशन दिएका थिए

२०७३, २४ फाल्गुन मंगलवार ०२:२३

फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । 

सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ ? किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताए । ‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ ।

गृहमन्त्री निधि कैलालीबाट काठमाडौं फर्कंदै

कैलाली कांग्रेसले मंगलबार आयोजना गर्ने कार्यक्रममा भाग लिन गएका गृहमन्त्री विमलेन्द्र निधि सोमबार राति नै काठमाडौंतर्फ लागेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोन वार्ता गरेका छन् । 

तराईमा कार्यक्रम स्थगन गर्न ओलीलाई आग्रह गरेका निधिले ठाकुरलाई भने संयमता अपनाउन भनेका छन् । निधिले तमलोपा अध्यक्ष ठाकुरलाई घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा