फागुन २६, काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । 

गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । 

गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा ११ को नतिजामा पनि परिवर्तन, अब यसरी निस्कन्छ !

२०७३, २६ फाल्गुन बिहीबार ०१:५६

फागुन २६, काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । 

गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो । मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा ११ मा लेटर ग्रेडिङमा नतिजा निकाल्न सैद्धान्तिक सहमति पाइसकेकाले कार्यविधि बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए ।

कार्यविधि बनाउन पाठ्यक्रम विकास केन्द्रले शिक्षा मन्त्रालय, विभाग, राष्ट्रिय परीक्षा बोर्डलगायतका सदस्य राखेर कमिटी गठन गरेको छ । ‘कक्षा ११ मा विद्यार्थीको रिजल्ट पनि ग्रेडसिटमा दिन्छौँ, कक्षा १० को ढाँचामा आधारित भएर कार्यविधि बनाउँछौँ,’ कार्यकारी निर्देशक काप्रीले भने, ‘टेक्निकल कुराको तयारी प्रक्रियामा छ, चैतभित्रै कार्यविधि तयार पार्छौँ र राष्ट्रिय परीक्षा बोर्डमा बुझाउँछौँ ।’

कक्षा ११ पनि विद्यार्थीको उत्तरपुस्तिका अंकमा परीक्षण गरी लेटर ग्रेडमा परिवर्तन गर्ने तयारी छ । कक्षा १० को परीक्षामा जस्तै नौवटा ग्रेड राख्ने विषयमा छलफल भएको काप्रीले बताए । गत वर्षको एसएलसीमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई गरी नौवटा ग्रेड छुट्याएको थियो । 

९० देखि एक सय अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, २० देखि ४० भन्दा कम ल्याउनेलाई डी, १ देखि २० भन्दा कमलाई ई ग्रडिङमा राखेको छ ।

नौ कक्षामा पनि ग्रेडिङ : यस वर्षदेखि कक्षा नौ पनि लेटर ग्रेडिङमा मूल्यांकन हुने भएको छ । 

शिक्षामन्त्रीको अध्यक्षमा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले १० कक्षापछि तल्लो र माथिल्लो कक्षामा पनि लेटर ग्रेडिङमा मूल्यांकन गर्ने निर्णय गरिसकेको छ । काप्रीका अनुसार कक्षा नौको मूल्यांकन विद्यालय आफैँले गर्ने र त्यसको विषयमा पाठ्यक्रममा समेत जानकारी गराएकाले समस्या नहुने बताए । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा