२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याच फिक्सिङका आरोपी फुटबलर कोही गुन्डागर्दीमा कोही जग्गा दलालीमा

२०७३, ३ चैत्र बिहीबार ०१:२९

चैत ३, काठमाडौं । २८ असोज, २०७२ का दिन, नेपाली फुटबल प्रेमीहरु स्तब्ध भएको दिन । कुनै प्रतियोगितामा पराजित भएर होइन, ७ वर्षदेखि फुटबलमा हुँदै आएको पराजयको शृंखलाको रहस्य थाहा पाएकोमा ।

राष्ट्रिय खेलाडीहरुले बुकीहरुबाट पैसा खाएर विपक्षी देशलाई सात वर्षदेखि जिताउँदै आएका थिए । महानगरीय अपराध महाशाखाले गत वर्षको २८ असोजमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको थियो ।

मलेसिया र सिंगापुरका म्याच फिक्सरबाट पैसा खाएर मिलेमतोमा उनीहरुले देशलार्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हराउँदै आएको रहस्य खुल्यो ।

खेलाडीहरुले विदेशी म्याच फिक्सरबाट पैसा लिएको प्रमाणसहित प्रहरीले अदालतमा मुद्दा दायर गर्यो । त्यसयता देशको फुटबलले नयाँ पहिचान बनाउँदै गएको छ भने अदालतको आदेशमा धरौटीमा छुटेका आरोपी खेलाडीहरु गुमनाम छन् ।

कुनै समय फुटबलका हिरो रहेका उनीहरुको छवि अहिले भिलेन बनेको छ । अदालतमा मुद्दा लडिरहेका उनीहरुमध्ये कोही गुन्डागर्दीमा लागेका छन् भने कसैले जग्गा दलालीको काम सुरु गरेका छन् ।

को के गर्दैछन् ?

सागर थापा 

सागर थापाले गत वर्षको माघमा एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफूहरुमाथि झूटो आरोप लागेको दाबी गरे । गत जेठमा फुटबलर विमल घर्तीमगरकी बहिनीको निधन हुँदा पशुपति आर्यघाटको दाहसंस्कारमा उनी उपस्थित भए । त्यसयता उनी सार्वजनिक कार्यक्रममा खासै देखिँदैनन् । वेलावेलामा फुटबल खेल्न उनी फुटसल पुग्ने गरेका छन् । सागरका एक साथीका अनुसार उनी प्रायः धरान र विराटनगर धाउने गर्छन् । पक्राउ परेपछि फ्रस्टेसनका कारण सागरमा बढी मदिरा पिउने लत लागेको उनका साथीले बताए ।

रितेश थापा 

रितेश थापाले आफू जग्गा कारोबारमा लागेको बताए । ‘आफूले जानेको फुटबल हो, त्यही खेल्न नपाएपछि के गर्नु ?’ उनले भने, ‘त्यसै कति बस्नु भनेर यसो घरजग्गा कारोबारमा लागेको छु ।’

सन्दीप राई 

सन्दीप राईले धरौटीमा छुटेपछि बिहे गरेका छन् । लामो समय लिभिङ टुगेदरमा रहेकी प्रेमिकासँग उनले यसै वर्षको दसैंमा बिहे गरेका हुन् ।

अन्जन केसी 

म्याग फिक्सिङको आरोप लागेका अर्का खेलाडी अन्जन केसी गुन्डागर्दीमा लागेको प्रहरी स्रोतले बतायो । पक्राउ पर्नुअघि अन्जन गुन्डा नाइके चरीको समूहमा रहेको खुलेको थियो ।

विकाससिंह क्षेत्री 

डिफेन्डर विकाससिंह क्षेत्री पनि म्याच फिक्सिङको आरोप लागेपछि कसैको सम्पर्कमा छैनन् । उनका सहकर्मी खेलाडी पनि विकास आफूहरुको सम्पर्कमै नरहेको बताउँछन् ।

डेविज थापा

म्याच फिक्सिङबापतको पैसा लिनेमा नेपाली फुटबल टोलीका फिजियोथेरापिस्ट डेविज थापा, सागर र रितेशको आफन्त रहेको खुलेको थियो । डेविजका नाममा केसभनले सन् २०१२ मा एक लाख आठ हजार रुपैयाँ पठाएको प्रहरीको दाबी छ । उनी अमेरिकामा लुक्दै आएका छन् । – गज्जव साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ