चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा ता"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत पुगेर बाबुरामले भने- भारत र चीनलाई द्वन्द्वबाट जोगायौं

२०७३, ३ चैत्र बिहीबार ०१:५४

चैत ३, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षलाई हतियारबाट मतपेटिकामा ल्याएर भारत र चीनलाई द्वन्द्वमा तानिने खतराबाट जोगाएको खुलासा गरेका छन् ।

नयाँ दिल्लीमा बुधबार आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु व्यालेट’ बिषयमा दिएको लिखित मन्तव्यमा भट्टराईले त्यस्तो खुलासा गरेका हुन् । ‘उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको वीचमा रहेको संवेदनशील भू-राजनीतिक अवस्थिति थियो ।

समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यो चर्कदै जाँदा छरछिमेकीलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो’ माओवादी सशस्त्र विद्रोहका एक मुख्य नेता समेत रहेका भट्टराईले भने । 

माओवादीले आफना बैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्बद्ध नीजि सम्पतिको संरक्षण,कानुनी राज,शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसाथ गरेको उल्लेख गर्दै भट्टराईले माओवादी र गैरमाओवादीहरु वीचको प्रतिबद्धता,समझदारी र सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेको उल्लेख गरेका छन् ।

‘तपाई महासागर पार गर्न सक्नुहुन्न,जवसम्म तपाईले देखेको किनारालाई पछाडि छोडने साहस राख्नुहुन्न’ भन्ने क्रिष्टोफर कोलम्बसको भनाईबाट भट्टराइले आफनो मन्तव्य टुंग्याएका थिए । ‘मैले त्यहि बुलेटमा देखिएको किनारालाई पछाडि छोडने साहस बटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमबाट प्रगतिशिल बिश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु । 

त्यसैले शान्ति,समृद्धि,न्याय र समानताको वस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरी हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔ’ भट्टराईले भने । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ