चैत ३, काठमाडौं | मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं | मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत "/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी टर्‍यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटना

२०७३, ३ चैत्र बिहीबार ०२:०६

चैत ३, काठमाडौं | मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो । 

नेपाल वायुसेवा निगमको गत सोमबारदेखि थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने सात बजे पाँच टन (पाँच हजार लिटर) तेल चुहिन पुगेको थियो। ‘११ नम्बरको पार्किङ वेमा रहेको निगमको एअरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानी ट्यांकर, सुरक्षाकर्मी एम्बुलेन्स एकैचोटि परिचालन गरेर दुर्घटना टार्यौं’, विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कामात्र परेको भए जहाजदेखि वरिवरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।’

युरोपेली जहाज निर्माता कम्पनी एअरबसमा निर्मित एक सय ५८ सिट रहेको निगमको ‘ए ३२०–२०’ सिरिजको उक्त जहाज मंगललबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स जाने तालिका थियो। ‘९ एन–एके डब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउण्डेड’ थियो। ‘दायाँ पखेटामा रहेको इन्धन टयांकको फ्युल  पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर टयांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो’, सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्या, रोक्नै सकिएन।’

विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनासाथ तत्काल विमानस्थलको फोमसहितको दमकल, पानी ट्यांकर सुरक्षकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो। तेल बिस्तारै नजिकैको कुलोमा बगाउन थालियो र दुर्घटना टारियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ