चैत ८, काठमाडौं । दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, काठमाडौं । दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्या"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निधि र थापाबीच मर्यादाक्रम विवाद यसरी भयो

२०७३, ८ चैत्र मंगलवार ०२:५८

चैत ८, काठमाडौं । दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन । 

गत बिहीबार गृहमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा निधि बस्दै आएको कुर्सीमा बसे। सामान्यतया मन्त्रीहरूको मर्यादाक्रम मिलाएर क्याबिनेट बैठकमा कुर्सी राखिएको हुन्छ। निधि बस्दै आएको प्रधानमन्त्रीसँगैको कुर्सीमा थापा एक्कासि बसेपछि त्यहाँ उपस्थित मन्त्रीले असजिलो महसुस गर्दै कानेखुसी गर्न थाले।

त्यहीबेला वाणिज्यमन्त्री रोमी गौचन थकालीले आपत्ति जनाउँदै मन्त्रीहरू आफ्नो मर्यादाक्रमअनुसारको सिटमा बस्नुपर्छ भने। तर थापाले आफू बसेको निधिको सिट छोडेनन्। त्यसपछि गौचन बैठकबाट बाहिरिए। कांग्रेसका अरू मन्त्री भने चुपचाप बैठकमा सहभागी भए। बैठक सकियो। गृहमन्त्री नेपाल फर्किएपछि आफ्नो सिटमा अर्का उपप्रधानमन्त्री बसेको थाहा पाए। त्यसलगत्तै निधिले आइतबार प्रधानमन्त्रीसँग उक्त विषयमा चासो राखे।

प्रधानमन्त्रीले पनि मर्यादाक्रमका विषयमा कुनै निर्णय नभएको र निधिलाई दोस्रो मर्यादामै राखेको भन्दै आश्वस्त पारे। यही खबर बोकेर निधि आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगे। त्यहाँ पनि देउवाले दोस्रो मर्यादाबाट हटेको भन्ने विषयमा विश्वास गरेनन्। आखिर भएको के रहेछ त ? मन्त्रिपरिषद्का एक सचिवका अनुसार निधि बस्दै आएको सिटमा थापा बसेकाले मात्रै विवाद भएको हो तर औपचारिक रूपमा पहिलाको मर्यादा हेरफेर गर्ने गरी कुनै निर्णय भएको छैन। मन्त्रिपरिषद्को मर्यादाक्रम तलमाथि गर्न औपचारिक निर्णय गरेर राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्छ। तर सोमबारसम्म त्यस विषयमा मन्त्रिपरिषद् कार्यालयले औपचारिक कुनै पत्राचार गरेको छैन।

‘उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम तलमाथि हुने कुनै औपचारिक जानकारी हामीलाई आएको छैन’, ती सचिवले अन्नपूर्णसँग भने, ‘मर्यादाक्रम तलमाथि भए राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्ने हुँदा पत्र नै तयार गर्नुपर्ने हुन्छ तर त्यस विषयमा हामीलाई प्रधानमन्त्रीले केही जानकारी दिनुभएको छैन।’

मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा सोमबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहालपछि दोस्रो मर्यादामा निधि नै छन्। त्यसपछि अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चौथो नम्बरमा मात्रै संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा छन् । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ