चैत ११, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ११, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले र"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ जिल्लाको मतपत्र छपाइ सकियो: निर्वाचन आयोग

२०७३, ११ चैत्र शुक्रबार ०२:१४


चैत ११, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सम्पन्न भएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले रातदिन मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको छ ।

‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छ,’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ। अहिलेको स्थिती हेर्दा हामीले तोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गर्न सकिने अवस्था छ ।’ 

आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनाव चिन्ह दिने निर्णय गरेको छ । डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटेकाले उनीहरुले स्वतन्त्र हैसियतमा मात्र चुनाव लडने अवस्था थियो । तर दलहरुले आयोगमा निवेदन दिएपछि उनिहरुको पुनः दर्ता गरेर दलगत नै चुनाव चिन्ह दिइएको आयोग प्रवक्ता शर्माले जानकारी दिए ।

यता आयोगले मतदान अघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा सुरक्षाको कमजोरी हुन नदिनतर्फ सतर्क रहन निर्देशन दिएका थिए । -अन्नपूर्ण पोस्ट् दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा