Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत १३ गते, राति १:४८ बजे
काठमाडौँ - KTM

प्रधानमन्त्री कार्यालयबाटै संविधान उल्लंघन

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १३, काठमाडौं । विगत १६ वर्षदेखि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन संसदमा पेस भएको छैन । 

प्रत्येक वर्ष आयोगको वाषिर्क प्रतिवेदन सरकारले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । मानव अधिकार आयोग संवैधानिक अंग भएकाले उसले आफ्नो वार्षिक  प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र सो प्रतिवेदन प्रधानमन्त्रीले संसदमा पेस गर्नुपर्ने व्यवस्था छ । 

तर, आयोग स्थापनादेखि नै संसदमा प्रतिवेदन पेस हुन सकेको छैन । २०६४ सालदेखि संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले आयोगको प्रतिवेदन संसदमा पेस गर्न माग गर्दै आएको छ ।

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष सुशीलकुमार श्रेष्ठले जानकारी दिए । -नयाँ पत्रिका दैनिक