२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ जिल्लामा मतदानस्थल टुंगिन बाँकी, कहाँ–कहाँ छ समस्या ?

२०७३, १३ चैत्र आईतवार ०२:०४

चैत १३, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् ।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन । ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ ।

‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले नयाँ पत्रिकासँग भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ ।’

देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ । मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ । गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ । आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ ।

कहाँ–कहाँ छ समस्या ? : प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ । सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन् । ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन् । तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार रौतहटमा १०, बाराका ७ तथा धनुषा र महोत्तरीका केही गाउँपालिकामा समस्या छ । ‘ती क्षेत्रमा एकप्रकारले लुकामारीजस्तो भएको छ, उनीहरूले कार्यालयको बोर्ड जलाउने, हामीले बनाउने भइरहेको छ,’ तामाङले भने ।

मतदाता प्रशिक्षकलाई तालिम : आयोगले स्थानीय निर्वाचनका लागि शनिबार आठ स्थानमा ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । दुईदिने प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा सञ्चालन भइरहेका छन् । आयोगले प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक महिला शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । क्षेत्रीयस्तरमा प्रशिक्षित प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा करिब २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

मतदाता नामावलीमा भ्रममा नपर्न आग्रह : आयोगले स्थानीय निर्वाचनका लागि मतदाताको नाम, ठेगाना हालको स्थानीय तहअनुसारको नयाँ ठेगानाअनुसार अद्यावधिक गर्ने, सानातिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने काम गरिरहेको जनाएको छ । परिष्कृत नभएको मतदाता नामावली हेरेर भ्रममा नपर्न आयोगले आग्रह गरेको छ । आयोगका अनुसार परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेबसाइटमा राखिनेछ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ