Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत १६ गते, राति १:३९ बजे
काठमाडौँ - KTM

गाँजा तस्कर र प्रहरीबीच फायरिङ

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १६, हेटौंडा । मनहरीमा मंगलबार गाँजा तस्कर र प्रहरी बीच फायरिङ भएको छ । 

पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरु फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही भरिया भने पक्राउ परेका छन् । 

जवाफी फायरिङ गरेपछि उनीहरु गाँजा र चरेशका बोरा छाडेर भागेका छन् । मनहरी ६ नयाँबस्तीमा फायरिङ भएको हो । तस्करहरुले ५-६ राउन्ड फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेश बरामद गरेको छ । -कान्तिपुर दैनिक