चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ । 

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमै देखियो उपप्रधामन्त्रीको मर्यादाक्रम विवाद

March 30, 2017


चैत १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानेक्रममा नै निम्त्याइदिएका कार्यबाहक को हुने भन्ने विवाद उनी फर्कने क्रममा झन सतहमा आएको छ । 

त्रिभुवन विमानस्थलमा संचारकर्मीको क्यामरा सामुन्ने नै विवाद सार्वजनिक भएको हो । साताव्यापी चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्रीलाई स्वागत गर्न मर्यादाक्रममा उभिदा यस्तो देखिएको हो । सभामुख ओनसारी घर्तिपछि उपप्रधानमन्त्री त्रय कमल थापा, विमलेन्द्र निधि र कृष्णबहादुर महरा लहरबद्ध थिए । निधीले थापासँगै नहरने निर्णय गर्दै महरालाई त्यसतर्फ आउन आग्रह गरे । अनि भयो ठाँउ सारी ।

‘महराजी तपाई बरिष्ठ ब्यक्ति यता बस्नुस’ निधिले ब्यंग्यात्मक शैलीमा भने । थापा भने शान्त हुँदै सभामुखको छेउमा अडिग रहे । महरापछि उभिएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहार बलदेव खनालले पनि महरालाई थापाको छेउमा पठाए । निधिले पनि हातमा समाउदै बस्न लगाए । यसपछि सभामुखपछि क्रमश: थापा, महरा र निधि लहरै भए ।

सबैभन्दा ठूलो दलको नेतृत्व गरेर सरकारमा गएका र कार्यबाहक समेत भइसकेको नाताले निधीलाई कार्यबाहक दिनुपर्ने कांग्रेस सभापति शेरबाहादुर देउवाको समेत अडानबाट समेत पछि हटै दाहाल चीन गएका हुन । थापाको घुर्की र सरकार ढल्न सक्ने आशंकाले उनले विवाद सहतमा छोडेका हुन् । विवाद लुकाउन दाहालले त्यसो गरे पनि बुधबार विमानस्थलमा संचारकर्मीमाझ नै यो ‘सतहमा’ आयो ।

प्रेस कक्षमा भएको पत्रकार सम्मेलनमा पनि प्रधानमन्त्रीसँग नीधि बसेनन् । दाहालको दायातर्फ थापा बसे । प्रधानमन्त्रीको दाहिने कार्यबाहक प्रधानमन्त्री रहने चलन यसअघि थियो ।

घटनाक्रम नियालिरहेका एक अधिकारीले भने, ‘सुरुमा मर्यादाक्रमको विवाद प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममै देखियो । प्रेसकक्षमा त असन्तुष्टि नै देखियो।’

‘मुलुकमा तीन उपप्रधानमन्त्री रहेकाले मर्यादाको समस्या आएको हो, जसले गर्दा कार्यवाहकको जिम्मेवारी नदिई प्रधानमन्त्री चीन गए । ‘समस्या समाधान होइन, समस्याबाट भाग्ने प्रथाले मुलुक एक सातासम्म प्रधानमन्त्री विहीन रह्यो’, परराष्ट्र अधिकारीले भने, ‘अन्य मुलुकमा प्रधानमन्त्रीपछिको बरिष्ठता तोकिएको हुदा कार्यबाहक तोक्न आवश्यक हुदैन । हामीमा त्यो नतोकिदा कार्यबाहक दिएर राष्ट्रपतिले अनुमोदन गर्ने चलन हो ।’

मुलुकको नेतृत्व गर्ने नेताहरुले जे गर्दा नि हुन्छ भन्ने प्रथाले यस्तो अवस्था देखापरेको ति अधिकारीले टिप्पणी गरे । चौथो दलका अध्यक्ष थापाले बरिष्ठता दावी गर्दै त्यसमा सम्मान नभए सरकार छोड्ने ‘घुर्कि’ देखाएपछि कार्यबाहक दिने विषय विवादित बनेको थियो । दाहाल नेतृत्वको सरकारमा निधिले पहिले नै उपप्रधानमन्त्री पदमात्र होइन कार्यबाहक सम्हाली सकेका थिए । तर थापा केहि दिन अगाडि मात्रै उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका हुन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक