चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्ग"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० हजार मतपेटिका पुरानै,३० हजार नयाँ मतपेटिका चीनबाट

२०७३, १७ चैत्र बिहीबार ०१:५४

चैत १७, काठमाडौ | स्थानीय तह निर्वाचनका लागि चाहिने ९० हजार मतपेटिकामध्ये अपुग ३० हजार मतपेटिका चीनबाट आउन थालेका छन् । मतपेटिका खरिदको जिम्मा पाएको चौधरी ग्रुप अन्तर्गतको एआईटी कम्पनीले बुधबार चीनबाट आठ हजार मतपेटिका नेपाल भित्रिएको र अन्य आउने क्रममा रहेको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

चीनबाट आउँदै गरेका मतपेटिका ८० लिटर क्षमताको प्लास्टिकबाट बनेको पारदर्शी छन् । स्थानीय तहको सबै स्थानमा मतपत्रकै माध्यमबाट निर्वाचन हुने भएकाले ९० हजार मतपेटिका आवश्यक छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आवश्यकमध्ये ६० हजार मतपेटिका ०७० सालको संविधानसभा निर्वाचनमा प्रयोग गरिएकै पुनः प्रयोगमा ल्याइने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘अपुग मतपेटिका सप्लाईका लागि आयोगले टेन्डर आह्वान गरेको थियो, शर्माले अन्नपूर्णसँग भने, ‘टेन्डरमा छनोट कम्पनीले तोकिएको समयभित्रै मतपेटिका उपलब्ध गराउने विश्वास दिलाएको छ ।

चीनबाट खरिद भएका ठूलो आकारका मतपेटिकालाई धेरै मतदाता भएको ठाउँमा प्रयोग गर्ने तयारी आयोगले गरेको छ । ‘ठूलो मतपत्र भयो भने ५ सय र सानो आकारको भयो भने त्योभन्दा बढी अट्ने क्षमताका मतपेटिका खरिद भएर चीनबाट आउँदै छन्,ु प्रवक्ता शर्माले भने ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार धेरै हुने भएकाले मतपत्रको आकार पनि ठूलो हुने भएपछि मतपेटिकाको संख्या बढ्न गएको आयोग प्रवक्ता शर्माले जानकारी दिए । मतदाता बढेकाले स्थानीय तह निर्वाचनमा लगभग १ हजार ५ सय मतदान केन्द्र थपिने भएका छन् ।

७० को निर्वाचनमा १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए । यसपटक २१ हजार केन्द्र पुग्ने आयोगको अनुमान छ । मतदाता प्रशोधनको काम जारी रहेकाले स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता हुने आयोगले अनुमान छ । आयोगले चैत २० भित्र मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक अन्य ६७ प्रकारका सामग्री खरिदको काम पनि भइरहेको उल्लेख गरेको छ । ‘विभिन्न सप्लायर्स कम्पनीले विभिन्न सामग्री खरिद गरिरहेका छन्, प्रवक्ता शर्माले भने, ‘उनीहरूले आयोगलाई बुझाइसकेपछि मतपेटिकासहित सबै सामग्री जिल्लामा पठाउनेछौं । केही भौतिक सामग्री र निर्वाचन शिक्षाका सामग्री उपलब्ध गराइदिन विकास साझेदार संघसंस्थासँग पनि अनुरोध गरिएको आयोगले जानकारी दिएको छ।

हाल मतदाता शिक्षाको काम अघि बढेको भन्दै आयोगले नेपालमा बोलिने १७ मातृभाषामा मतदाता शिक्षा सामग्री तयार गर्ने काम भइरहेको उल्लेख गरेको छ । पहिलोपटक क्युआर कोडसहितको मतदाता परिचयपत्र छाप्ने काम भइरहेको पनि आयोगले बताएको छ ।  - अन्नपुर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै