2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपीडितलाई कर्जा दिन निर्देशन, ब्याजदर २ प्रतिशत मात्र

चैत २३, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । धेरै भूकम्पपीडितले बैङ्क तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसकेको, बैङ्कहरूले कोटा सकिएको भनी कर्जा दिन अस्वीकार गरेको लगायत गुनासो प्राधिकरणमा गरेपछि प्राधिकरणले मङ्गलबार राष्ट्र बैङ्कलाई यस्तो निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०७२र७३ को बजेटमा भूकम्पबाट पूर्ण रूपमा क्षति भएका घर निश्चित मापदण्डका आधारमा आफैले निर्माण गर्न चाहनेका लागि दुई लाख रुपियाँसम्मको निब्र्याजी ऋण सहायता उपलब्ध गराइने उल्लेख गरेको छ । त्यस्तै, पीडितले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन चाहेमा सरल प्रक्रिया अपनाई नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको कार्यविधिको आधारमा दुई प्रतिशतको सहुलियत ब्याज दरमा काठमाडौँ उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपियाँसम्म भूकम्पपीडित विशेष आवास कर्जा उपलब्ध गराइने विषय उल्लेख रहेको स्मरण गराउँदै प्राधिकरणले राष्ट्र बैङ्कलाई लिखित निर्देशन दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणअन्तर्गत नीति, योजना, अनुगमन तथा विकास सहायता समन्वय महाशाखा प्रमुख एवम् प्रवक्ता यमलाल भुसालले नेपाल राष्ट्र बैङ्कबाट हालसम्म करिब ५० करोड रुपियाँको हाराहारीमा सहुलियत दरको कर्जा प्रवाह भएको जानकारी प्राप्त भएको बताउनुभयो । अझै कतिपय पीडितबाट सहुलियत तथा विशेष कर्जा प्राप्त गर्न कठिन भएको गुनासो आएकाले कर्जा प्रक्रियालाई सरलीकरण गरी सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैङ्कलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण तथा पुनःस्थापना नीति २०७२ मा भएको व्यवस्था तथा भूकम्प प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि २०७३ मा आवास पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीले तीन किस्तामा तीन लाख रुपियाँ बैङ्किङ माध्यमबाट आवास अनुदान प्राप्त गर्ने व्यवस्था छ । त्यस्तै, निजी आवास पुनःनिर्माण एवम् प्रबलीकरणका लागि उपलब्ध गराइएको अनुदानभन्दा बढी खर्च गरी निजी आवास पुनःनिर्माण, प्रबलीकरण वा मर्मत सम्भार गर्न चाहने लाभग्राहीले निर्माणाधीन घर धितो राखी सामूहिक जमानीमा नेपाल सरकारले निर्णय गरेबमोजिम निब्र्याजी कर्जा रकम नेपाल राष्ट्र बैङ्कले तर्जुमा गरेको कार्यविधिका आधारमा विभिन्न बैङ्कमार्फत प्राप्त गर्न सकिने व्यवस्था छ ।

तर, पुनःकर्जाको प्रक्रिया निकै झन्झटिलो भएको भन्दै निजी बैङ्कहरूले यस्तो कर्जा उपलब्ध गराउन खासै चासो नदेखाएको राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक