Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २५ गते, राति २:१७ बजे
काठमाडौँ - KTM

उम्मेदवारलाई टिकट दिन माओवादी केन्द्रको यस्तो निर्णय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको चुनावका उम्मेद्वारलाई प्रदेश इन्चार्जबाट टिकट दिने निर्णय लिएको छ ।

माओवादी केन्द्रको बिहीबार बसेको हेडक्वार्टर बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालका अनुसार सातै प्रदेश इन्चार्जले हस्ताक्षर गरेको पत्रसहित पार्टीका उम्मेदवारले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका पदाधिकारीमा मनोनयनपत्र दर्ता गर्न पाउने निर्णय गरेको छ ।

माओवादीले आन्तरिक र बाह्य दबाबबीच संविधान जारी गर्न खेलेको निर्णायक भूमिकाका साथै राजनीतिक निकास दिलाउन सरकारमा बसेर गरिरहेको प्रयासलाई चुनावी मुद्दा बनाएर तल्लो तहसम्म लैजान भूमिका खेल्ने निर्णय गरेको छ ।

माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टीका मातहत कमिटीहरु निर्माण गर्ने, उम्मेद्वार चयन, स्थानीय मुद्दाहरुको छनोटजस्ता काममा ध्यान दिँदै केन्द्रमा प्रतिवेदन पठाउन सबै प्रदेश कमिटीलाई आन्तरिक निर्देशनपत्र जारी गरिसकेको छ । -कान्तिपुर दैनिक