बेलायतमा नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पाँचथरबाट पक्राउ

Posted on: 29 Jan, 2024

माघ १५, काठमाडौँ | बेलायतमा बसोबास गर्ने नेपालीबाट लाखौं रकम ठगी गरेको आरोप लागेका सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन्। बेलायतको लण्डनमा नै बसोबास गर्दै आएको पाँचथरको फिदिम नगरपालिका–४ घर भएका नेम्वाङ लण्डनबाट आफ्नो घर आएको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पाँचथर प्रहरीले नेम्वाङलाई पक्राउ गरेर काठमाडौं पठाएको छ। 

बेलायती कानुनको औपचारिक अध्ययन नगरेका नेम्वाङले आफू ‘इमिग्रेशन एडभाइजर’ हुँ भन्दै भूतपूर्व गोर्खा सैनिक तथा उनका परिवारसँग लाखौं रकम असुलेको आरोप लागेको छ। 

रकम नदिनेलाई उनले विभिन्न धाकधम्की पनि दिने गरेको पीडितले बताएका छन्। उनले अवैध रुपमा उठाएको रकम हुन्डीमार्फत नेपाल पठाउने गरेको समेत आरोप लागेको छ। लाखौं ठगी भएपछि नेम्वाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा नेम्वाङ पक्राउ परेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!