४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६२ वर्षीय वडा सदस्यले दिए एसईई

२६ चैत्र २०७९, आईतवार ०६:३४

चैत २६, पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका–७ का निर्वाचित वडा सदस्य सुनमान तामाङले ६२ वर्षको उमेरमा एसईई दिएका छन् । उनले अमरपुर मावि अमरपुबाट ग्रेडवृद्धिका लागि एसईई परीक्षा दिएका हुन् । अमरपुर माविबाट परीक्षा फारम भरेका तामाङ श्रीजंघ मावि गोपेटारबाट परीक्षामा सामेल भएका हुन् ।

२०१७ साल साउन १७ गते जन्मिएका तामाङ २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा हिलिहाङ–७ को वडा सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा निर्वाचित तत्कालीन वडाध्यक्ष्य तीर्थराज मिश्रको निधनपछि उनी झन्डै डेढ वर्ष कार्यवाहक वडाध्यक्ष भएका थिए ।


एसईई परीक्षाको अन्तिम दिन अनुगमनका लागि शिक्षा शाखाका कर्मचारीसहित श्रीजंघ मावि पुगेका हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी परीक्षा लेखिरहेका वडा सदस्य तामाङलाई देख्दा छक्क परे । ‘तामाङको यो उत्साहले पढ्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उखान पुष्टि गरेको भन्दै बधाई र शुभकामना दिएर फर्किएँ,’ अधिकारीले भने ।

शिक्षक, कर्मचारी र बुद्धिजीवी मात्रै नभएर जनप्रतिनिधिको क्षमता मापनका लागि शैक्षिक योग्यता महत्त्वपूर्ण सूचक भएकाले यो उमेरमा ग्रेडवृद्धिका लागि एसईईमा सहभागी भएको उनले बताए ।

‘एसईईमा राम्रो ग्रेड आए प्लस टु पनि पढ्छु,’ तामाङले आइतबार एसईई लेखिसकेपछि परीक्षा केन्द्रबाट बाहिरिँदै भने । गत वर्ष दिएको एसईई परीक्षामा १.६ जीपीए नपुगेका कारण ग्रेडवृद्धिका लागि पुनः परीक्षामा सामेल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ