२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

२०७९, २ चैत्र बिहीबार ०६:३४

चैत २, काठमाडौं | उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ ।  एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । 


‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’

नेकपा एकीकृत समाजवादीमा नेता पाण्डेसहित प्रकाश ज्वाला, भानुभक्त जोशी, धनबहादुर बुढा मन्त्रीका आकांक्षी छन् । त्यस्तै राष्ट्रियसभा सदस्य बेदुराम भुसाल पनि मन्त्रीका आकांक्षी भएकाले भुसालको नेतृत्वमा सरकारमा पठाउनुपर्छ मत रहेको समाजवादीका नेताहरूको भनाइ छ । उपराष्ट्रपतिको निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिँदा प्रधानमन्त्री प्रचण्डको काँधमा १६ वटा मन्त्रालय छन् ।

नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए ।  ‘अरूले जुन मन्त्रालय छोड्छन् त्यसमा हामीले चित्त बुझाउने अवस्था छैन । किनभने प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ । त्यस्तो अवस्थामा हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेको भनाइ छ । यद्यपि उनले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुन बाँकी नै रहेको बताए । 

नेता पाण्डेका अनुसार एकीकृत समाजवादीबाट कसलाई सरकारमा पठाउने भन्ने निर्णय चैत ५ गते सचिवालय बैठक बसेर निर्णय गर्ने बताए ।  ‘सम्भवतः चैत ५ गते सचिवालय बैठक बस्छ, त्यो बैठकमा सरकारमा जाने पात्रबारे छलफल हुन्छ’, पाण्डेको भनाइ छ । 



     



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै