Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २५ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपाध्यक्ष केदार न्यौपानेसहित दुई जनाले छाडे एकीकृत समाजवादी, एमालेमा फर्किने तयारी

२०७९, १४ चैत्र मंगलवार १०:१९

चैत १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गरेका छन् ।

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन् ।

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतले बतायो । एक महिनाअघि देखि नै एमाले नेताहरुसँग उनको संवाद चलिरहेको थियो ।

उनी एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए ।

स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगत्तैदेखि उनी एमाले र नेकपा एस मिल्नुपर्ने पक्षमा थिए । पछिल्लो सत्ता गठबन्धनले यी दुई पार्टीलाई झन् टाढा बनाएपछि न्यौपानेले पार्टी छाडेका हुन् । नेकपा एसमा तेस्रो वरियताका नेता मुकुन्द न्यौपाने उनका दाइ हुन् । उनले पनि एमालेसँग मिल्नुपर्ने भन्दै पार्टी बैठकमा लिखित प्रस्ताव नै पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै