पढ्न करिब 1 मिनेट लाग्छ

चैत २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अरु दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने आफ्नो पार्टीमा चलन नभएको बताएका छन् ।

रास्वाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ सार्वजनिक भएपछि भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने उनको प्रष्टोक्ति थियो ।

चितवनमा चुनावी अभियानका क्रममा उनले बोल्दै उनले अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको बताए । तर, उनले जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिँडेको बताए ।

उनले भने, ‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् ? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’